कोइराला क्याम्पको कम्ब्याक


२९ मंसिर २०७८, बुधबार
shekhar koirala 2

काठमाडौं । नेपाली काँग्रेसको १४औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएका सबै प्रक्रिया सकिएसँगै काँग्रेस राजनीतिभित्रको एउटा पाटो फेरि कोइराला परिवारमै फर्किएको छ ।

१३औं महाधिवेशनमा काँग्रेसको केन्द्रीय सदस्य बनेका नेता डा. शेखर कोइराला १४औं महाधिवेशनमा सभापतिको रेसमा दोस्रो स्थान प्राप्त गरेसँगै काँग्रेसभित्रको संस्थापन इतर समूहको नेतृत्व उनको हातमा परेको हो ।

काँग्रेसको १२ औं महाधिवेशनसम्म नेतृत्वमा कोइराला परिवारकै हाली मुहाली थियो । त्यसबखत सुशील कोइराला सभापति बनेका थिए । काँग्रेसको १२औं महाधिवेशन १ देखि ५ गतेसम्म असोज २०६७ मा काठमाडौंमा भएको थियो । त्यसपछि १३ औं महाधिवेशन भने कार्यवाहक सभापति बनेका रामचन्द्र पौडेलको नेतृत्वमा सम्पन्न भएको थियो ।

तर, सो बखत उनी सभापतिमा शेरबहादुर देउवासँग पराजित मात्रै बनेनन् काँग्रेसको संस्थापन समूहको जिम्मा देउवाको हातमा पर्‍यो । त्यसबखत सभापतिमा देउवा निर्वाचित बनेसँगै इतर समूहको नेतृत्व पौडेलको हातमा गयो भने कोइराला परिवारका नेताहरू पौडेलले नेतृत्व गरेको समूहभित्र परे । तर, मंगलबार १४औं महाधिवेशन सकिएलगत्तै १३औं महाधिवेशनबाट कोइराला परिवारबाट बाहिरिएको काँग्रेसको एउटा समूह फेरि कोइराला परिवारकै हातमा पुगेको छ । राजधानी दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७