धनराजलाई वधाई दिंदै रामचन्द्र पौडेलले भने, ‘गुटबन्दीमुक्त पार्टी बनाउनुहोस्’


१ पुष २०७८, बिहीबार
Ramchandra Dhanaraj

काठमाडौं । नेपाली कांग्रेसका नव निर्वाचित उपसभापति धनराज गुरुङले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल भेट्न उनको निवास बोहोराटार पुगेका छन् । निर्वाचित भएपछि गुरुङ पौडेललाई भेट्न बोहोराटार पुगेका हुन् ।

पौडेलले गुरुङलाई बधाइ दिँदै पार्टीलाई एकतावद्ध बनाउने र विधिसम्मत चलाउन सुझाव दिएका छन् । उनले आफू पनि पार्टीलाई एकतावद्ध बनाएर आम चुनावमा विपक्षसँगको प्रतिष्पर्धामा अब्बल बनाउन लाग्ने बताए ।

उनले उपसभापति गुरुङसँग आफू र निवर्तमान महामन्त्री डा. शशांक कोइरालाले पार्टीलाई एकतावद्ध बनाउने र पार्टीभित्र सदभाव कायम गरी अभियान थालिसकेको पनि जानकारी गराएका थिए । उपसभापति गुरुङले पार्टीलाई गुटबन्दीमुक्त बनाउने अभियानमा लाग्ने बचन दिएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७