महिलातर्फको सहमहामन्त्रीमा देउवा समूहकी उपाध्याय विजयी


१ पुष २०७८, बिहीबार
महालक्ष्मी उपाध्याय डिना

काठमाडौं : कांग्रेस सहमहामन्त्रीमा महिलातर्फ महालक्ष्मी उपाध्याय डिना निर्वाचित भएकी छन् । प्रतिद्वन्द्वी कमला पन्तलाई हराउँदै उपाध्याय निर्वाचित भएकी हुन् ।

सभापति शेरबहादुर देउवा पक्षबाट उम्मेदवार बनेकी डिनाले २ हजार ५३३ मत पाइन् भने पराजित भएकी पन्तले २ हजार १०५ मत पाएको निर्वाचन समितिका एक सदस्यले बताए । पन्त डा.शेखर कोइराला समूहकी हुन्।

कांग्रेस सहमहामन्त्रीमा आठ जना निर्वाचित हुने व्यवस्था छ। त्यसमध्ये महामन्त्रीमध्ये बिहीबार महिला, दलित, आदिवासी जनजाति क्लस्टरको मतगणना भइरहेको छ। मुस्लिम, मधेसी, पिछडिएको क्षेत्र, थारू, खस(आर्यको शुक्रबार मतगणना हुने निर्वाचन समितिले जनाएको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७