राजनीतिक स्वार्थले देशमा संकट आयो : बिजुक्छे


२ पुष २०७८, शुक्रबार
Narayanman

काठमाडाैं । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले राजनीतिक स्वार्थको कारण देशमा संकटमा फसेको बताएका छन् ।
बिहीबारदेखि सुरु भएको पार्टीको ३२औं केन्द्रीय परिषद् बैठकलाई सम्बोधन गर्दै बिजुक्छेले राजनीतिक स्वार्थ र अन्तर्राष्ट्रिय परिस्थितिका कारण देश सङ्कटमा पर्दै गएको बताएका हुन् ।

उनले सेवाभावका साथ जनताको बीचमा जान पार्टीका नेता कार्यकर्तालाई निर्देशनसमेत दिएका छन् । ‘अझ बढी सेवाभावका साथ सक्रियरूपा जनतामा जानुपर्ने जरुरी छ,’ बिजुक्छेले भने ।

बैठकमा एमसिसी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिको विश्लेषण भएको बैठकमा सहभागी नेमकिपाका केन्द्रीय सदस्य सुरेन्द्रराज गोसाईले जानकारी दिए । बैठकमा कोभिडले निम्त्याएका समस्याका साथै पार्टीको नौ महिनाका गतिविधिको पनि समीक्षा भएको छ । पार्टीको केन्द्रीय परिषद् बैठक आज र भोली सञ्चालन हुने नेमकिपाले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७