‘ए’ डिभिजन लिग : आजबाट पाँचौं चरणका खेल हुँदै


२ पुष २०७८, शुक्रबार
A division 8dX15b7ms1 L2tRTfkve6

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिगमा आज (शुक्रबार) बाट पाँचौं चरणका खेल हुँदैछन् । तीन चरणको खेल तालिका सार्वजनिक हुँदा मनाङका तीन खेल पोखरामा हुँदैछन् ।

लिगअन्तर्गत अबका तीन चरण निकै रोचक हुने अनुमान गरिएको छ । सातौं चरणको समाप्तिमा एएफसी क्लब लाइसेन्स प्राप्त चार टोलीमध्ये शीर्षस्थानमा रहने टोलीले एएफसी कपको छनोट चरण खेल्ने टुङ्गो लाग्नेछ ।

शुक्रबारबाट शहीद स्मारक ए डिभिजन लिगमा पाँचौं चरणका खेल आरम्भ हुँदा दिनको पहिलो खेलमा सातदोबाटो युथ क्लबले विभागीय टोली त्रिभुवन आर्मीसँग प्रतिस्पर्धा गर्दै छ । अन्डरडगको रुपमा हेरिएको सातदोबाटो क्लब विभागीय बलियो टोलीलाई रोक्दै अङ्कका लागि खेल्दा आर्मीले एएफसी कपको छनोट चरण खेल्ने लक्ष्य लिएर स्पष्ट तीन अङ्कका लागि खेल्दै छ ।

सातदोबाटो युथ क्लबका सहायक प्रशिक्षक सुरज महर्जनले आर्मीलाई रोक्दै तीन अङ्कका लागि खेल्ने बताए । यस्तै अन्य टोलीका प्रशिक्षकले पनि तीन अङ्कका लागि पाँचौँ चरणका खेलमा प्रतिस्पर्धा गर्ने बताए ।

लिग अन्तर्गत दिनको दोस्रो खेलमा सङ्कटा र मच्छिन्द्र फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । लिगमा चौथो चरणका खेल सकिँदा तेस्रो चरणमा अङ्क जोड्न असफल भएका टोलीले खाता खोलेका छन् । एन्फाले नवौँ चरणको खेल तालिका सोमबार सार्वजनिक गरेको थियो । त्यसमध्ये मनाङले खेल्ने ३ खेल पोखरामा हुनेछन् भने बाँकी सबै खेल दशरथ रंगशालामा हुँदैछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७