भारतमा नेपाली मजदुर चढेको बस दुर्घटना : बालकको मृत्यु, पाँच जना घाइते


३ पुष २०७८, शनिबार
accident 6il842ic318ttv9z9ed983337ajqboj0bo7p3g9ny9c

धनगढी । भारतमा नेपाली मजदुर चढेको बस दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । बिहीबार धनगढीको कालिका मष्टामण्डली टुर एण्ड ट्राभल्सबाट टिकट लिएका ५६ जना नेपाली मजदुर चढेको भारतीय यूपी ०३३० पी १३७५ नम्बरो बस पलियामा दुर्घटना भएको हो । दुर्घटनमा चार वर्षीय बालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार दुर्घटनामा परेर अछामको बान्नीगढी जयगढ गाउँपालिकाका ४ वर्षीय विष्णु थापाको मृत्यु भएको हो । अन्य पाँच जना घाइते छन् । घाइतेहरूको भारतमै उपचार भइरहेको छ भने मृतकको शव पनि भारतमै छ । दुर्घटनाको कारण भने खुल्न सकेको छैन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७