मह जोडी बने नेपाल टेलिकमको ‘ब्रान्ड एम्बेस्डर’


४ पुष २०७८, आईतवार
nepal telecome maha mHsQm9QOGB

काठमाडौं । हाँस्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य नेपाल टेलिकमको ‘ब्रान्ड एम्बेस्डर’ नियुक्त भएका छन् । नेपाल टेलिकमको केन्द्रीय कार्यालयमा एक कार्यक्रमको आयोजना गर्दै सम्झौता पत्रमा हस्ताक्षण गरिएको छ ।

उक्त सम्झौता पत्रमा टेलिकमकातर्फबाट प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी तथा कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले हस्ताक्षर गरेका छन् । दुई कलाकारलाई ‘ब्रान्ड एम्बेस्डर’का रुपमा स्वागत गर्दै अधिकारीले दुई अग्रज कलाकारलाई टेलिकममा स्वागत गर्न पाउँदा गौरव महसुस भएको बताए ।

टेलिकमको ब्रान्ड एम्बेस्डरमा नियुक्त भएपछि कलाकार मदनकृष्ण र हरिवंशले स्वदेशी लगानी, मुलुककै सबैभन्दा ठूलो दूरसञ्चार सेवाप्रदायक संस्थाको ‘ब्रान्ड एम्बेस्डर’ हुन पाएकोमा गौरवान्वित महसुस गरेको बताए । यो सम्झौतापछि मह जोडीले नेपाल टेलिकमका सेवाहरुको प्रचारात्मक कार्य, ब्रान्ड प्रवर्द्धन तथा ब्रान्ड संरक्षणसम्बन्धी कार्य गर्नेछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७