१७ हजार ३३२ शिक्षकको विज्ञापन गर्ने तयारी


५ पुष २०७८, सोमबार
teacher
सांकेतिक तस्वीर

काठमाडौं । शिक्षक सेवा आयोगले १७ हजार ३ सय ३२ शिक्षकको विज्ञापन गर्ने तयारी गरेको छ । करिब एक साताअघि १ हजार ५ सय ४७ जना मावि शिक्षकको विज्ञापन खुला गरेलगत्तै बाँकी शिक्षकको विज्ञापन गर्न लागेको हो ।

आयोगले यो साता निमावि र अर्को साता प्रावि तहको विज्ञापन गर्ने तयारी गरेको छ । आयोगका सूचना अधिकारी सुदर्शन मरहठ्ठाले दुई साताभित्र सबै तहको विज्ञापन खुला भइसक्ने जानकारी दिए ।

उनका अनुसार निमावि तहमा २ हजार ५ सय ९६ र प्रावि तहमा लागि १३ हजार ८९ शिक्षकको विज्ञापन खुला गर्ने तयारी छ । ‘सबै गरी १७ हजार ३ सय ३२ शिक्षकका लागि विज्ञापन खुला गर्न लागेका हौं’ -सूचना अधिकारी मरहठ्ठाले भने । निमावि तहमा १० विषयको शिक्षकको विज्ञापन खुला हुन्छ। आयोगले यसपटकबाट परीक्षणका रूपमा अनलाइन ध्यमबाट मावि तहको आवेदन लिएको छ ।

आवेदकको संख्या एकैपटक बढ्न सक्ने र सर्भरले काम गर्न नसक्ने भयले चरणबद्ध रूपमा विज्ञापन गर्न लागिएको सूचना अधिकारी मरहठ्ठाको भनाइ थियो । पछिल्लो तथ्यांकअनुसार मावि तहमा करिब ५ सयले अनलाइनबाट आवेदन फारम भरिसकेका छन् । तीमध्ये ९७ जनाले भौचर लिएको सूचना अधिकारी मरहठ्ठाको भनाइ छ । आयोग मावि तहको परीक्षा चैत १५ मा गर्ने तय गरिसकेको छ । नेपाल समाचारपत्र दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७