मकवानपुरमा ४६ हजार मेट्रिक टन धान उत्पादन


५ पुष २०७८, सोमबार
dhan 1

मकवानपुर । मकवानपुरमा यस वर्ष ४६ हजार ६७७ मेट्रिक टन धान उत्पादन भएको छ । कृषि ज्ञान केन्द्रको अनुसार गत वर्षका तुलनामा यस वर्ष जिल्लामा उत्पादनमा वृद्धि भएको हो ।

गत वर्ष ४४ हजार ४० मेट्रिक टन उत्पादन भएकामा यसवर्ष ४६ हजार ६७७ मेट्रिक टन उत्पादन भएको केन्द्रका सूचना अधिकारी मिनबहादुर पुनले जानकारी दिए । उनको अनुसार यस वर्ष दुई हजार २५७ मेट्रिक टनले उत्पादन बढेको हो । जिल्लामा यस वर्ष ३.७४ प्रतिहेक्टर उत्पादकत्व भएकामा गत वर्ष ३.७ प्रतिहेक्टर उत्पादकत्व रहेको थियो । आधुनिक कृषि प्रणाली, सिँचाइ सुविधा, कृषकमा कृषिसम्बन्धी ज्ञान तथा उन्नत बीउबीजनका कारण जिल्लामा धान उत्पादन बढेको जनाइएको छ ।

जिल्लामा कूल १३ हजार ४२० हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको उनको भनाइ छ । जिल्लामा सावित्री, सावा, रामधान, मकवानपुरे, वार लगायतका धान लगाइन्छ । जिल्लाका सबै स्थानीय तहमा धान खेती हुने गरेको छ । सबैभन्दा धेरै मनहरि गाउँपालिकामा धान खेती हुने गरेको छ । त्यहाँ तीन हजार ९ २५ हेक्टर क्षेत्रफलमा धान उत्पादन हुने गरेको छ । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७