मेरो स्थायी ठाउँ सडक हो, जसले शीर झुक्न दिँदैन : चन्द्र भण्डारी


५ पुष २०७८, सोमबार
chandra bhandari

काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले आफूले जीवनमा धेरै कुरा गुमाए पनि कहिल्यै निराश नभएको बताएका छन् ।
कांग्रेससको चौधौँ महाधिवेशनमा उपसभापति पदमा पराजित भएका भण्डारी आफ्नो जीवनबाट धेरै कुरा गुमे पनि अहिलेसम्म शीर झुकाउनु नपरेको बताएका छन् । चौधौं महाधिवेशनमा डा. शेखर कोइाराला प्यानलबाट उनी र धनराज गुरु उपसभपति पदमा उठेका थिए । धनराजले जित्दा उनी हार्न पुगेका थिए ।

‘मेरो जीवनमा धेरै कुरा गुमेका छन् र लुटिएका पनि । तर मेरो एउटा स्थायी ठाउँ छ ‘सडक !’, उनले भनेका छन्, ‘अब मेरो गुम्ने केही पनि छैन । त्यो सडक यति मजबुत छ, जसले शीर झुक्न दिँदैन ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७