श्रीमती हत्याको आरोपमा भक्तपुरबाट एक व्यक्ति पक्राउ


५ पुष २०७८, सोमबार
pakrau
फाइल फोटो

भक्तपुर । भक्तपुरमा आफ्नै श्रीमतीलाई कुटपिट गरी हत्या गरेको आरोपमा एक जना पक्राउ गरेका छन् । पक्राउ पर्नेमा भोजपुर केराबारी घर भई हाल जिल्ला भक्तपुर सूर्यविनायक नगरपालिका-५ कटुन्जे तज टोलमा डेरा गरी बस्ने २८ वर्षीय जिवन राई रहेका छन् ।

प्रहरीका अनुसार राईले मादक पदार्थ सेवन गरी कुटपिट गर्दा उनकी २५ वर्षीया श्रीमती मन्दिरा राईको घटनास्थलमै मृत्यु भएको हो । श्रीमतीको हत्या गरेपछि उनी फरार भएका थिए । पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७