२,०६५ मत गन्दा डिलाको अग्रता कायमै, तेस्रो स्थानमा आरजु


५ पुष २०७८, सोमबार
dila pushpa arju

काठमाडौं । नेपाली काँग्रेसको खुल्ला महिला केन्द्रीय सदस्यतर्फको मतगणना जारी छ । काँग्रेस केन्द्रीय कार्यालय सानेपामा अहिलेसम्म २,०६५ मत भन्दा डा.डिला संग्रौलाले अग्रता लिएकी छिन् । उनले १,२६८ मत पाउँदा पुष्पा भूसाल १,१९६ मतसहित दोस्रो स्थानमा रहेकी छिन् ।

प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवा १,११६ मतका साथ तेस्रो स्थानमा छिन् । यस्तै अम्बिका बस्नेत ९९८ मतसहित चौथो नम्बरमा छिन् भने ९८५ मत ल्याएर ईश्वरी न्यौपाने पाँचौ स्थानमा छिन् ।

९४९ मतसहित सरिता प्रसाई छैटौं र रमा कोइराला ८१३ मत ल्याएर सातौं नम्बरमा छिन् । सुशीला ढकालले ७९४ रंगमती शाही ७८० मत ल्याएर आठौं र नौ नम्बरमा छिन् । नम्बरमा स्थान बनाउन अनिता देवकोटा ७७४ मत ल्याएर संघर्ष गरिरहेकी छन् । काँग्रेसमा खुला महिला केन्द्रीय सदस्यतर्फ ९ जना विजयी हुनेमा ३० जना चुनावी प्रतिस्पर्धामा छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७