भालुको आक्रमणमा परी घाँस काट्न गएकी युवती गम्भीर घाइते


६ पुष २०७८, मंगलवार
bhalu
सांकेतिक तस्वीर

डोटी । डोटीको पूर्वी क्षेत्रमा पर्ने केआइसिंह गाउँपालिका-४ वायलमा जङ्गली भालुले आक्रमण गर्दा एक युवती गम्भीर घाइते भएकी छन् । जिल्ला प्रहरी कार्यालयका सहसूचना अधिकारी रवीन्द्र चन्दका अनुसार गम्भीर घाइते हुनेमा ३८ वर्षीया पपि विष्ट हुन् ।

बासकोटा बोकडाडा भन्ने ठाउँमा घाँस काट्न गएकी विष्टलाई भालुले आक्रमण गरी गम्भीर घाइते बनाएको स्थानीय शेरबहादुर ऐरले जानकारी दिए । उनका अनुसार भालुले उनको टाउको, छाती तथा शरीरका विभिन्न भागमा गहिरो चोट पुर्‍याएको छ । भालुले आक्रमण गर्दा उनी भिरबाट करिब ५० मिटर तल खसेकाले थप चोट पुगेको छ । घाइतेको दिपायलमा उपचार भइरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७