कांग्रेस महाधिवेशन : बाँकी मत गणना बुधबारभित्र सकिने


६ पुष २०७८, मंगलवार
sanepa

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत जारी मतगणनाको अन्तिम परिणाम बुधबारभित्रमा आउने भएको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिका सचिव केशव रिजालका अनुसार समितिले बुधबारभित्र मतगणना सम्पन्न गर्ने गरी काम अगाडि बढाएको छ । ‘हामी बुधबारसम्म सबै मतगणना सक्ने योजनाअनुसार काम गरिरहेका छौँ,’ सचिव रिजालले भने ।

मंगलबारसम्म १३ पदाधिकारी र ५० केन्द्रीय सदस्यको मतगणना सम्पन्न भएको छ । ७१ केन्द्रीय सदस्यको मतगणना हुन बाँकी छ । निर्वाचन समितिका अनुसार प्रदेश २ बाहेक ६ प्रदेशबाट तीन जनाका दरले १८ जना, दलितबाट नौजना, आदिवासी-जनजातिबाट १५ जना, खस-आर्यबाट १३ जना, मधेसीबाट नौजना, थारूबाट चार जना र मुस्लिमबाट तीन जना निर्वाचित हुन बाँकी छन् ।

निर्वाचन समितिका अनुसार सोमबारबाट बागमती प्रदेश, प्रदेश १, मुस्लिम, मधेसी र थारू क्लस्टरको मतगणना जारी छ । यसतर्फको परिणाम भने मंगलबार मात्र आउने समिति सचिव रिजालले जानकारी दिए । यसबाहेक आदिवासी जनजाति, दलित, खस आर्य क्लस्टर र गण्डकी, लुम्बिनी, कणर्ाली र सुदूरपश्चिम प्रदेशको मतगणना बाँकी छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७