प्रदेश-२ को नाम र राजधानीका लागि लोसपाले बनायो वार्ता टोली


७ पुष २०७८, बुधबार
Mahantha Thakur

जनकपुर । प्रदेश-२ को नाम र राजधानीका लागि विभिन्न दलसँग वार्ता गर्न लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले संसदीय वार्ता टोली गठन गरेको छ । प्रदेशसभा सदस्य रानीशर्मा तिवारीको संयोजकत्वमा प्रदेशको नाम ‘मधेश’ प्रदेश र राजधानी जनकपुरधामका लागि ७ सदस्यीय वार्ता टोली गठन गरिएको लोसपा संसदीय दलले एक प्रेस विज्ञप्ति जारी गरी जनाएको छ ।

वार्ता टोलीको सदस्यमा प्रदेशसभा सदस्यहरु परमेश्वर साह, जयनूल राइन, अभिराम शर्मा, उपेन्द्र महतो, बाबुलाल साह र प्रहलाद गिरी रहेका छन् । संसदीय दलका नेता जितेन्द्र सोनलद्वारा जारी विज्ञप्तिमा प्रदेशसभामा प्रस्तुत हुने नाम र राजधानीबारे प्रदेशको नाम मधेश र राजधानी जनकपुरधामका लागि प्रदेशसभा भित्र रहेका दलहरुसंग छलफलका लागि वार्ता टोली गठन गरिएको जनाइएको छ ।

पछिल्लो पटक प्रदेश सभाको आठौं अधिवेशनको प्रथम बैठकमा नाम र राजधानी प्रस्ताव हुने कार्यतालिका रहे पनि कांग्रेसको अनुपस्थितिका कारण पेश हुन सकेन । अब आगामी पुस ८ गते बस्ने बैठकमा दर्ता भएका प्रदेशको नाम र राजधानीको प्रस्ताव पेश हुनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७