चोरीको मोटरसाइकलसहित दुई जना पक्राउ


७ पुष २०७८, बुधबार
bike chor hY53UFH6If

काठमाडौं । काठमाडौंको लामबगरबाट चोरीको मोटरसाइकलसहित दुई जनालाई महानगरीय ट्राफिक प्रहरी महाशाखाले नियन्त्रणमा लिएको छ । सादा पोसाकमा खटिएको टोलीले लामबगरबाट घरको पार्किङमा लुकाई राखेको अवस्थामा प्रदेश ३-०२-०११ प ८०७३ नम्बरको कालो रातो रंङको २२० सीसीको पल्सर मोटरसाइकल सहित नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा धादिङ खनियाबास गाउँपालिका-३ घर भई गैरीगाउँ लामाबगर बस्ने वर्ष १९ को पारस तामाङ र धादिङ नेत्रावती डब्जोङ गाउँपालिका-१ घर भई लामबगर बस्दै आएको वर्ष २२ को बुद्धि बहादुर तामाङ रहेका महाशाखाले जनाएको छ ।

उक्त मोटरसाइकल मनमैजु घर कम्पाउण्डबाट यही मंसिरमा हराएको भनी काठमाडौं तारकेश्वर नगरपालिका-८, मनमैजु बस्ने सुजिन्द्र लामाले हुलिया सहितको निवेदन ट्राफिक महाशाखामा दिएका थिए ।
मोटरसाइकल सहित पक्राउ परेका व्यक्तिहरुलाई थप अनुसन्धान तथा चोरी मुद्दामा कारबाहीका लागि महानगरीय प्रहरी बृत्त बालाजुमा पठाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७