नेपालमा थप एकमा ओमिक्रोन र २२ जनामा डेल्टा भेरियन्ट पुष्टि


७ पुष २०७८, बुधबार
Omicron Virus KNmtMCm4wM

काठमाडौं । नेपालमा थप एक जनामा कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि भएको छ । नेपालमा ओमिक्रोन देखिएको यो तेस्रो केस हो ।

बुधबार प्रेस ब्रिफिङमार्फत नेपालका ५८ वर्षीय पुरुषमा ओमिक्रोन पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा. संगीता मिश्राले जानकारी दिइन् । उनी अहिले मन्त्रालयको निगरानीमा आइसोलेसनमा रहेको र उनको सम्पर्कमा आएका अरू व्यक्तिको ‘कन्ट्याक ट्रेसिङ’ भइरहेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै २२ जनामा डेल्टा भेरियन्टको पुष्टि भएको उनको भनाइ छ । उनका अनुसार हालसम्म ५५ लाख बढी नमुना परीक्षण भइसकेको छ भने ९ लाख २२ हजार ४ सय ३३ जना संक्रमित भएका छन् । संक्रमितम्धये ८ लाख ९ हजार ६५९ जना निको भएका छन् भने ११ हजार ५९९ जनाको मृत्यु भएको छ । यसैबीच पछिल्लो २४ घण्टामा २३६ जनामा कोराना संक्रमण पुष्टि भएको छ । यस्तै २७२ जना निको भएका छन् भने २ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७