पुस अन्तिम सातादेखि ‘बुस्टर डोज’ दिने योजना बनाउँदै सरकार


७ पुष २०७८, बुधबार
corona khop 1
फाइल फोटो

काठमाडौं । सरकारले कोरोनाविरुद्ध ‘बुस्टर डोज’ दिनका लागि तयारी अगाडि बढाएको छ । विश्व स्वास्थ्य संगठनले अनुमति दिएमा जनवरीको पहिलो सातादेखि बुस्टर डोज सञ्चालनमा ल्याउने सरकारको तयारी छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले आवश्यकता र डव्लुएचओको सिफारिस भएमा थप अतिरिक्त मात्रा अर्थात् बुस्टर डोज चलाउने तयारी भइरहेको जानकारी दिए । ‘पहिलो डोज नलिएकाले पहिलो डोज लिनु होला, दोस्रो डोज नलिएकाले दोस्रो डोज लिनुहोला । आवश्यकता र डव्लुएचओको सिफारिस भएमा हामीले थप अतिरिरक्त मात्रा अर्थात् बुस्टर डोज पनि चलाउने तयारी गर्दैछौं । डव्लुएचओले अनुमति दिएमा हामीले ज्यानवरीको पहिलो साता देखि नै अतिरिक्त डोज खोप दिनेछौं,’ उनले भने ।

उनले अहिले १८ वर्ष र माथि उमेर समूहका लागि कोभिशिल्ड र भेरोसेल खोप र १८ वर्षमुनिका उमेर समूह ( १२-१७ ) का लागि फाइजर र मोडेना खोप प्रदान गर्दै आइरहेको बताए ।

‘नेपाल सरकारले दक्षिण अफ्रिका लगायतका ९ वटा देशबाट मंसिर १६ गते राति १२ बजे देखि नेपाल प्रवेश अनुमति नदिने निणर्य गरेको छ । यस समयमा ट्रान्जिटमा रहेका यात्रुहरू आफ्नै खर्चमा अनिवार्य ७ दिन होटल क्वारेन्टाइनमा बस्नुपर्ने निणर्य भएको छ,’ उनले थपे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७