कास्कीको नौडाँडामा स्कुटर दुर्घटना हुँदा दुई जनाको मृत्यु


८ पुष २०७८, बिहीबार
accident 6il842ic318ttv9z9ed983337ajqboj0bo7p3g9ny9c

कास्की । कास्कीमा सवारी दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ । कास्कीको अन्नपूणर् गाउँपालिका नौ डाँडामा गए राति भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको हो ।

गए राति नौडाँडाबाट काँडेतर्फ जाँदै गरेको ग २१ प ४४६० नम्बरको स्कुटर रोकिराखेको ट्रकमा ठोक्किँदा अन्नपूणर् गाउँपालिका १ नौडाँडाका ३० वर्षीय कृष्ण सुवेदी र २८ वर्षीय सुनिल केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय कास्कीका डिएसपी एवम् प्रहरी प्रवक्ता सुन्दर तिवारीले जानकारी दिए ।

डिएसपी तिवारीका अनुसार मृतक सुवेदीले चलाएको स्कुटर गए राति १२ बजे ट्रकमा ठोक्किँदा स्कुटरमा सवार दुइ जना गम्भिर घाइते भएका थिए । त्यसलगत्तै उनीहरुको उद्धार गरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि पुर्‍याइएकामा चिकित्सकले मृत घोषित गरेको डिएसपी तिवारीले बताए ।

मृतकको शव पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पोष्टमार्टमका लागि राखिएको छ । दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७