लगातार संसद रोकिंदा संघीयता नै अवरुद्ध हुन लाग्यो : कानुन मन्त्री बडू


८ पुष २०७८, बिहीबार
Dilendra

काठमाडौं । कानुन न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले लगातार संघीय संसदमा अवरोधले संघीयता अवरुद्ध हुन लागेको बताएका छन् ।

संसद्को कानुन, न्याय तथा मानवअधिकार समितिको बैठकमा संसद्मा मन्त्री बडुले लामो समयदेखि संघीय संसद् अवरुद्ध हुँदा संघीयता पनि अवरुद्ध हुँदै गएको बताएका हुन् । संसद् अवरुद्ध हुँदा संघीय निजामती विधेयक अघि बढाउन नपाइएको र यसले गर्दा प्रादेशिक निजामती सेवा सञ्चालन पनि हुन नपाएको तर्फ ध्यानाकर्षण गराए ।

यो र संघीयतासँग जोडिएका धेरै विषय संसद्मै थन्किएको भन्दै मन्त्री बडुले संसद्को अवरोधकै कारण नागरिकताजस्तो संवेशनशील विधेयक पनि अघि बढ्न नसकेको बताए । उनले संसद्को अवरोध खोल्न एमालेलाई आग्रह गर्न समितिमा प्रस्ताव पनि गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७