कोहीको बाथरुममा, कोहीको कोठामा मृत्यु


९ पुष २०७८, शुक्रबार
best room heater

काठमाडौं । गएको सोमबार बागबजारस्थित काठमाडौं मोडल कलेज (केएमसी) होस्टलको बाथरुममा नुहाउन गएका १८ वर्षीय सुशील सहनी निकै बेर ननिस्केपछि ढोका फुटाएर हेर्दा उनी बेहोस अवस्थामा भेटिए । नजिकै काठमाडौं मोडल अस्पताल लगिएका उनको सोही दिन आईसीयूमा मृत्यु भयो ।

कक्षा ११ मा अध्ययनरत सहनीको मृत्युपछि उनका परिवारले कलेज व्यवस्थापनमाथि प्रश्न उठाएको छ । ‘होस्टल कर्मचारीको लापरबाहीका कारण मृत्यु भएको’ भन्दै परिवारले दोषीमाथि कारबाही माग गरेको छ । सहनीको मृत्युपछि भौतिक उपस्थितिमा विद्यार्थीले पढ्न समेत पाएका छैनन् ।२०७६ पुस चौथो साता झापा बुद्ध-शान्ति गाउँपालिका-४ की २० वर्षीया स्वशिका लिम्बूको काठमाडौं मिलनचोकस्थित रूमिज गल्र्स होस्टलमा मृत्यु भयो । तेस्रो तलामा रहेको बाथरुममा नुहाउन गएकी लिम्बू लामो समय बितिसक्दा समेत ननिस्केपछि उनीसँगै बस्ने साथी क्रान्तिले ढोका ढकढ्याइन् ।

तर ढोका नखुलेपछि होस्टलकै दुई महिला कर्मचारी र क्रान्ति मिलेर बाथरुमको भेन्टिलेसन फुटाए । स्वशिका बाथरुममा ढलिरहेकी थिइन् । ढोका फोडेर छिर्दा उनको शरीर चिसो भइसकेको थियो । प्रहरीले भेनस अस्पताल लगे पनि ‘अन्यत्र लैजान’ भनेपछि बानेश्वरको सिभिल अस्पताल लगियो । चिकित्सकले स्वशिकालाई मृत घोषणा गरे ।

वीरगन्जकी १९ वर्षीया जेनिथ चौहानको पनि २०७६ पुस चौथो साता नुहाउनेक्रममा बाथरुममा मृत्यु भयो । ललितपुर-१५ सातदोबाटोस्थित सुरिवा गल्र्स होस्टलमा उनी बस्दै आएकी थिइन् । राजधानी दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७