गुडिरहेको टिपरमा आगलागी


१० पुष २०७८, शनिबार
Tripper aaglagi

दाङ । दाङमा गुडिरहेको टिपरमा आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार लमहीबाट घोराहीतर्फ आउँदै गरेको रा १ ख २३१२ नम्बरको टिपरमा आगलागी भएको हो ।

शुक्रबार साँझ करिब ८ बजेतिर बालुवा लिएर आउँदै गरेको टिपरको वायरिङ सर्ट हुँदा आगलागी भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले बताए । घोराही ३ स्थित मुसोटको उकालोमा आगलागी भएकाले टिपरको पूणर् क्षति भएको छ । तर, मानविय क्षति भने भएको छैन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७