आठ अफ्रिकी मुलुकमाथिको भ्रमण प्रतिबन्ध हटाउँदै अमेरिका


१० पुष २०७८, शनिबार
america

काठमाडौं । अमेरिकाले विभिन्न आठ अफ्रिकी मुलुकमाथिको प्रतिबन्ध हटाउने निणर्य गरेको छ । शुक्रबार अमेरिकाको ह्वाइट हाउसले गत महिना कोरोना भाइरसको ओमिक्रोन भेरियन्टसहितको संक्रमण नियन्त्रणको लागि भन्दै लगाइएको भ्रमणको प्रतिबन्ध हटाइने बताएको हो ।

अमेरिकाले लगाएको भ्रमणको प्रतिबन्धको कारण आठ अफ्रिकी मुलुकमा अड्किएका विदेशी नागरिकहरुले डिसेम्बर ३१ पछि अमेरिका आउने अनुमति पाउने छन् ।

अमेरिकाले नोभेम्बर २९ मा ८ अफ्रिकी मुलुकबाट आउने सबैजसो सबै विदेशी नागरिकमाथि प्रतिबन्ध लगाएका थियो । ओमिक्रोन भेरियन्ट सबैभन्दा पहिला दक्षिण अफ्रिकामा देखिएको थियो । सोही भेरियन्टको संक्रमण फैलिने डरले दक्षिण अफ्रिकी क्षेत्रका मुलुकहरूमाथि विश्वका धेरै मुलुकले प्रतिबन्ध लगाएका थिए ।

अहिले ओमिक्रोन भेरियन्टसहितको संक्रमण विश्वका धेरैजसो मुलुकमा फैलिसकेकाले बिस्तारै अफ्रिकी मुलुकमाथिको प्रतिबन्ध पनि हट्ने क्रम सुरु भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७