माओवादी केन्द्रको महाधिवेशन ६ दिनसम्म चल्ने


११ पुष २०७८, आईतवार
269771779 665217411143461 2434543367733355578 n1640495935

काठमाडौं । माओवादी केन्द्रको आठौं महाधिवेशन तीन दिन लम्बिएको छ । ११-१३ पुससम्म प्रथम राष्ट्रिय सम्मेलन गर्ने भनिएकोमा ११-१६ पुससम्म महाधिवेशनको मिति तोकिएको हो ।

शनिबारको स्थायी समितिको बैठकले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रुपान्तरण गर्ने प्रस्ताव गरेको थियो । सो प्रस्ताव आइतबार बिहान बसेको केन्द्रीय कमिटीको अन्तिम बैठकले अुनमोदन गरेको हो ।

माओवादी केन्द्रले विधान संशोधन गरेर पदाधिकारीको संख्या १५ रहने निणर्य गरेको छ । यस्तै पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय सदस्य रहने व्यवस्था गरेको हो। विधानअनुसार पार्टीमा एकजना अध्यक्ष, एक जना वरिष्ठ उपाध्यक्ष, ६ जना उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक कोषाध्यक्ष रहने छ । अधिवेशनको उद्घाटन सत्र भने आइतबार दिउँसो ३ बजे काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनामा हुँदैछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७