ओली झापामा, माओवादी महाधिवेशनमा एमाले महासचिव शंकर पोखरेल सहभागी


११ पुष २०७८, आईतवार
shankar pokhrel pNH3wfJsiu

काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं अधिवेशनमा सहभागी हुन एमाले महासचिव शंकर पोखरेल प्रज्ञा भवन पुगेका छन् । काठमाडौंको प्रज्ञा भवनमा आइतबारको उद्घाटन सत्रमा महाधिवेशनको सफलताको शुभकामना दिन उनी सहभागी भएका हुन् ।

सो कार्यक्रममा कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव, राप्रपा महामन्त्री कुन्ती शाही, नेकपा क्रान्तिकारी माओवादीका सिपी गजुरेललगायतका नेताहरू महाधिवेशनस्थल प्रज्ञा भवनमा छन् ।

गृह जिल्ला झापामा रहेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग आइतवार भएको टेलिफोन संवादमा पार्टीको तर्फबाट महासचिव पोखरेल सहभागी हुने बताएका थिए । आइतबारबाट सुरु भएको महाधिवेशन बिहीबारसम्म चल्ने माओवादीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७