प्रचण्डको राजनीतिक प्रतिवेदन : ‘२१ औं शताब्दीमा समाजवादको नेपाली बाटो’


१२ पुष २०७८, सोमबार
Prachanda Banda satra

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो राजनीतिक प्रतिवेदन प्रस्तुत गरिरहेका छन् । राजधानीको कमलादीस्थित महाधिवेशनस्थलमा सोमबारदेखि शुरु भएको बन्द सत्रमा प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गरिरहेका हुन् ।

‘२१ औं शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकको राजनीतिक प्रतिवेदनमा प्रचण्डले शान्तिपूणर् राजनीतिमा प्रवेश गरेसँगै माओवादीको उतारचढाव र समग्र विशेषमा विश्लेषण गरेका छन् । प्रचण्डले राजनीतिक प्रतिवेदन (दस्तावेज) वाचन गरेपछि नेता देव गुरुङले अन्तरिम विधान पेश गर्ने तयारी छ । त्यसपछि ती दुईवटा दस्तावेज अध्ययनका लागि वितरण गरिने भएको छ । दुवै दस्तावेजबारे छलफल गर्न समूह बनाइने भएको छ ।

सोमबार र मंगलबार दुवै दस्तावेजमाथि छलफल भएपछि बुधबारदेखि नयाँ नेतृत्वका लागि निर्वाचन प्रक्रिया शुरु हुनेछ । माओवादीले बन्दसत्र सञ्चालनका लागि ७ जनाको अध्यक्षमण्डल चयन गरिएको छ भने कृष्णबहादुर महरा, गणेश शाह, गिरिराजमणि पोखरेल, परशुराम तामाङ, पूणर्कुमारी सुवेदी र परशुराम रम्तेल र रुपा महर्जन रहेका छन् । बन्दसत्रमा कूल एक हजार ६३१ प्रतिनिधि तथा पर्यवेक्षक सहभागी छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७