कांग्रेस, एमाले र माओवादीले भ्रष्टाचार र विसंगति बढाउने बाहेक केही गरेनन् : राजेन्द्र लिङदेन


१२ पुष २०७८, सोमबार
rajendra

नवलपरासी । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले ठूला तीन दिन नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादीले देशमा भ्रष्टाचार र विसंगति बढाउने बाहेकका केहि काम नगरेको आरोप लगाएका छन् ।

अध्यक्ष लिङदेनले ठूला तीन दल पूर्व राजा ज्ञानेन्द्रको विरोध गरेर आ-आफनो संगठन विस्तारमा लागेको समेत बताए । पूर्वी नवलपरासीको सदरमुकाम कावासोतीमा सोमबार आयोजित आम सभामा बोल्दै उनले पूर्व राजाको विरोध गरेर आफ्नो संगठन मजबुत हुन्छ भन्ने भ्रममा ठूला दलहरु अघि बढेको चर्चा गरे ।

नेपालका ठूला तीनवटा दलहरुले (कांग्रेस, एमाले र माओवादी) ०६२, ०६३ मा जनआन्दोलन गर्ने नाममा जनचाहाना विपरित हिन्दु धर्म फालेको र देशलाई सिक्किमीकरणतर्फ लगेको आरोप लगाए । अध्यक्ष लिङ्देनले ठूला तीन दलले भ्रष्टाचार र विसंगति बढाउने बाहेक देश र जनहितमा एउटा पनि काम नगरेका कारण उनीहरुबाट देश जोगाउने राजनीतिक एजेण्डा राप्रपाको भएको बताए । यस्तै, उनले कमल थापाको नाम उच्चारण नगरिकन राजाको विरोध गरेर चर्चामा आउन खोज्नेहरुबाट देश जोगाउन पर्ने बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७