जुम्लामा बालबालिकालाई मोडना खोप


१३ पुष २०७८, मंगलवार
khop balbalika

जुम्ला । जुम्लामा पाँच हजार ८६९ बालबालिकाले कोरोनाविरुद्धको मोडर्ना खोप लगाएका छन् । यहाँका २० हजार बालबालिकालाई कोभिड-१९ विरुद्धको सो खोप लगाउने लक्ष्य लिइएको जनस्वास्थ्य कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटाले बताए ।

जिल्लाको एक नगरपालिकासहित सातवटा गाउँपालिकाभरका २० हजार बालबालिकालाई मोर्डना खोप लगाउन थालिएको कार्यालय प्रमुख सापकोटाले बताए । १२ वर्षदेखि १७ वर्ष उमेर समूहका विद्यार्थी भर्नाका आधारमा तथ्याङ्क सङ्कलन गरी कोरोनाविरुद्धको मोर्डना खोप लगाउन थालिएको उनले जानकारी दिए ।

चन्दननाथ नगरपालिका स्वास्थ्य शाखा जुम्लाका जनस्वास्थ्य निरीक्षक क्षेत्रबहादुर महतका अनुसार नगरभित्रका तीन हजार ८ सय बालबालिकालाई मोडर्ना खोप लगाउने लक्ष्य छ । हालसम्म दुई हजार २३२ बालबालिकालाई खोप लगाइसकिएको छ । खोप कार्यक्रम जारी छ । कम मात्रामा खोप प्राप्त भएकाले अझै बालबालिका खोप लगाउन छुट्ने देखिएको तिला गाउँपालिका स्वास्थ्य शाखा संयोजक गणेशबहादुर शाहीले बताए ।

थप खोप माग गरेको गाउँपालिको स्वास्थ्य शाखाले जनाएको छ । तातोपानी गाउँपालिकामा ५४१, गुठीचौरमा ३६९ लाई खोप लगाइएको छ । यस्तै, पातारासी गाउँपालिकामा एक हजार ८०० बालबालिकालाई खोप लगाउने लक्ष्य रहको स्वास्थ्य संयोजक रतन बुढ्थापाले बताए ।

जुम्लामा सञ्चालित ट्युसन सेन्टरमा अध्ययनरत बालबालिकालाईसमेत मोर्डना खोप लगाइने भएको छ । जुम्लामा सञ्चालित पाँच वटा ट्युसन सेन्टरमा अध्ययनरत १२ वर्षदेखि १७ वर्ष मुनिकालाई पहिलो डोज मोर्डना खोप लगाइने चन्दननाथ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख क्षेत्रबहादुर महतले बताए । ट्युसन सेन्टरमा अध्ययनरत बालबालिकासहित विद्यालय क्षेत्रभन्दा बाहिर रहेका सबै बालबालिकालाई अनिवार्य आगामी पुस २४ गतेसम्म मोर्डना खोप लगाउने निणर्य गरिएको छ ।

विद्यालयमा खोप लगाउन छुटेका १२ वर्षमाथिका १७ वर्षमुनिका सबै बालबालिकालाई खोप लगाउन आफू अध्ययनरत ट्युसन सेन्टरमा उपस्थित हुन आग्रह समेत गरिएको स्वास्थ्य संयोजक महतले बताए । जुम्लामा सरकारले करिब १३ हजार मोर्डना खोप पठाएको छ । यहाँका आठ स्थानीयतहमा १२ हजार २५० डोज खोप वितरण गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७