२६४ मा कोरोना संक्रमण, दुईको मृत्यु


१३ पुष २०७८, मंगलवार
korona

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २६४ जनामा कोरोना भाइरस पुष्टि भएको छ । ८,५३६ जनाको पीसीआर परीक्षण गर्दा २४१ जना र ४ हजार ३० जनाको एन्टीजेन परीक्षण गर्दा २३ जना गरी २६४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा दुई जनाको मृत्यु भएको छ भने २६० जना संक्रमणमुक्त भएका छन् । बिहीबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख २३ हजार ९३७ पुगेको छ । योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ५८८ पुगेको छ भने ८ लाख ११ हजार २६५ जना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७