माओवादी केन्द्रको केन्द्रीय कमिटी समानुपातिक प्रतिनिधित्वका आधारमा


१३ पुष २०७८, मंगलवार
Prachanda 900

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकले नयाँ केन्द्रीय कमिटी संविधानले व्यवस्था गरेअनुरूपको समानुपातिक प्रतिनिधित्वको आधारमा बनाउने निणर्य गरेको छ ।

मंगलबार बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले केन्द्रीय कमिटी क्लस्टरको आधारमा युवा, मुस्लिम, महिला, जनजातिलगायतको प्रतिशत र कमिटी बनाउँदा संविधानमा व्यवस्था गरिएअनुरूप समानुपातिक प्रतिनिधित्व हुने गरी गर्ने र त्यसको निम्ति तयारी गर्ने निणर्य गरिएको स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले जानकारी दिए । उनका अनुसार बैठकले स्थायी कमिटी सदस्यहरू र प्रदेश इन्चार्जहरूलाई समूहगत छलफलमा सहजीकरण गर्ने जिम्मा दिएको छ ।

स्थायी कमिटी सदस्य मातृका यादवले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आत्मालोचना गरिसकेको भन्दै अन्य नेताहरूले पनि आ-आफ्नो ठाउँबाट आत्मालोचना गर्नुपर्ने बताए । महाधिवेशनबाट निस्किँदा एक ढिक्का भएर अगाडि बढ्नुपर्ने उनले बताए ।

अर्थमन्त्री समेत रहेका स्थायी कमिटी सदस्य जनार्दन शर्माले माओवादी केन्द्रले लिने आर्थिक नीति देशको आत्मनिर्भरता, बेरोजगारीको अन्त्य गर्ने हुने बताए । उनले उत्पीडित वर्ग, जाति र समुदायको स्थानीय स्रोत, साधनमाथि स्वामित्व स्थापना गर्दै समृद्धिको अभियान सञ्चालन गर्ने पनि बताए ।

जारी माओवादी केन्द्रको आठौं महाधिवेशनमा आफ्नो मत लिखित रूपमा राखेका नेता राम कार्कीले नेपाललाई नयाँ विचार चाहिएको बताए । नेपाल विचारमा गरिब भएको उनको भनाइ छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७