वर्षा र हिमपातले देशभरको जनजीवन कष्टप्रद, सुरक्षित रहन आग्रह

मनाङमा निरन्तर ७२ घण्टा हिमपात


१४ पुष २०७८, बुधबार
humla

काठमाडौं । वर्षा तथा हिमपातका कारण देशका धेरै स्थानको जनवीवन कष्टप्रद बनेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार यतिबेला देशका धेरैजसो स्थानमा वर्षा भइरहेको छ भने हिमाली तथा उच्च पहाडी क्षेत्रमा हिमपात भइरहेको छ ।

वर्षा र हिमपातका कारण ठाउँ-ठाउँमा यातायात बन्द भएको छ भने चिसो बढ्नाले खासगरी हिमाली जिल्लाको जनजीवन निकै कष्टकटर बनेको छ । यसैबीच आज दिउँसो तथा राति पनि वर्षा र हिमपात जारी रहने सम्भावना रहेकाले होसियारी अपनाउन मौसमविद्ले आम नगारिकलाई आग्रह गरेका छन् ।

himpat myagdi 6b7BkBLPRt

मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गरेको छ । जसमा भनिएको छ : देशभर सामान्यदेखि पूणर्तया बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना र देशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ । यो मौसमी प्रणालीका कारण पर्वतारोहण, हवाई/यातायातलगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकाले चिसोबाट बच्न र हिमपातबाट हुन सक्ने प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।
मनाङमा निरन्तर ७२ घण्टा हिमपात
मनाङ जिल्लाका सबै गाउँपालिकामा ७२ घण्टादेखि भारी हिमपात भइरहेको छ । आवगमन ठप्प भएको छ भने तापक्रम माइनस २० पुगेपछि जनजीवनमा झनझन् कष्टकर हुँदै गएको छ ।
म्याग्दीको तल्लो घोडेपानीमा परेको हिउँ
म्याग्दीको अन्नपूणर् गाउँपालिका-६ स्थित पर्यटकीयस्थल तल्लो घोडेपानीमा बुधबार बिहान भएको हिमपात । हिमपात र चिसोले म्याग्दीको लेकाली बस्तीको जनजीवन कष्टकर बनेको छ ।

manang himpat 79IxGQlpcz

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७