पारस-हिमानी पुत्री कृतिकाले लिइन् नेपाली नागरिकता


१५ पुष २०७८, बिहीबार
kritika citizenship nagarikta

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहकी नातिनी कृतिका शाहले नेपाली नागरिकता लिएकी छन् । नागरिकता बनाउन उनी आमा हिमानीसँगै हिजो जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेकी थिइन् ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालका अनुसार नागरिकतामा उनको नाम ‘कृतिका राज्यलक्ष्मी देवी शाह’ उल्लेखित छ । कृतिकाले वंशजको नागरिकता प्राप्त गरेकी हुन् । प्रजिअ रिजालले उनलाई नागरिकताको प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।

१८ वर्ष पुगेकी कृतिका पारस-हिमानीकी कान्छी छोरी हुन् । उनकी दिदी पूर्णिका र दाजु हृदयन्द्रले पनि जिप्रकामै पुगेर नागरिकता लिएका थिए । लोकतन्त्र आएपछि मात्रै राजपरिवारका सदस्यले जिप्रका पुगेर नेपाली नागरिकता लिन थालेका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७