२४१ मा कोरोना संक्रमण, २२८ जना निको


१५ पुष २०७८, बिहीबार
korona

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २४१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८,८९७ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट २३५ र एन्टिजेन विधिबाट ६ जनामा संक्रमण पुष्टि भएको हो ।

यही अवधिमा थप २२८ जना संक्रमणमुक्त भएका छन् । नेपाल हालसम्म कूल संक्रमितमध्ये ८ लाख ११ हजार ७४६ जना संक्रमणमुक्त भइसकेका छन् । नेपालमा निको हुने दर ९८ प्रतिशत रहेको छ । हाल देशभर ४,८७१ जना सक्रिय संक्रमित छन् । कोभिड-१९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा कसैले पनि ज्यान गुमाउनु परेन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७