कांग्रेस नेताहरुको वरियता : कसले कसलाई उछिने ? (सूचीसहित)

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा क्रमश: चौंथो र पाँचौं वरियतामा


१५ पुष २०७८, बिहीबार
GAGAN BISHWA

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट निर्वाचित पदाधिकारीसहितको नयाँ कार्यसमिति सदस्यहरुको वरियता कायम गरिएको छ । बिहीबार सार्वजनिक गरिएको वरियताअनुसार सभापति शेरबहादुर देउवा पहिलो र त्यसपछि निर्वाचित उपसभापतिमध्ये पहिलो नम्बरमा पूणर्बहादुर खड्का र त्यसपछि धनराज गुरुङ रहेका छन् ।

त्यस्तै महामन्त्रीमा गगन थापा पहिलो र त्यसपछि विश्वप्रकाश शर्मा रहेका छन् । गगन थापा चौंथो र विश्वप्रकाश पाँचौं वरियतामा छन् । सहमहामन्त्रीतर्फ पहिलो नम्बरमा फरमुलाह अन्सारी, दोस्रोमा उमाकान्त चौधरी, त्यसपछि क्रमशः महालक्ष्मी उपाध्याय ‘डीना’, भीष्मराज आङ्दम्वे, महेन्द्र यादव, किशोर सिंह राठोर, बन्द्री पाण्डे र जीवन परियार रहेका छन् ।

केन्द्रीय सदस्यतर्फ पहिलो नम्बरमा गोपालमान श्रेष्ठ रहेका छन् भने अन्तिम नम्बरमा जीवन राना रहेका छन् । त्यस्तै सभापतिमा पराजित भएका डा. शेखर कोइरालाको वरियता २० नम्बरमा रहेको छ । उनीभन्दा अगाडि सुनिल थापालाई राखिएको छ । थापा राप्रपा परित्याग गरी कांग्रेस भित्रिएका थिए ।

हेर्नुस् सूची

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७