बाक्लो हुस्सु र कुहिरोले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सबै उडान बन्द


१६ पुष २०७८, शुक्रबार
Airport 2

काठमाडौं । बाक्लो हुस्सु र कुहिरोका कारण आन्तरिक र अन्तर्राष्ट्रिय उडान प्रभावित भएका छन् । भिजिबिलिटी शून्य भएका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण र उडान हुन सकेका छैनन् ।

भिजिबिलिटी कम भएका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान बन्द भएको विमानस्थल टर्मिनल कार्यालयले जानकारी दिएको छ । कुवेतबाट आएको जजिरा एयरलाइन्सका दुई वटा जहाज सिमरामाथिको आकाशमा फन्को लगाइरहेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बिहान ६ बजेदेखि राति १२ बजेसम्म सञ्चालन हुने गर्छ । यहाँबाट दैनिक ५० को हाराहारीमा अन्तर्राष्ट्रिय रतीनसयको हाराहारीमा आन्तरिक उडान हुने गर्छन् ।

जल तथा मौसम विज्ञान विभागले अहिले देशका धेरै स्थानहरूमा हुस्सु र कुहिरो लागेको जानकारी दिएको छ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली र भारतको उत्तर प्रदेशको पूर्वी भूभाग र बिहार आसपासमा रहेको न्यूनचापीय क्षेत्रको सामान्य प्रभाव रहेको विभागको भनाइ छ ।

गण्डकी प्रदेश र प्रदेश-१ का उच्च पहाडी तथा हिमाली भू-भागहरुका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको पनि विभागले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७