बाक्लो हुस्सु हट्न थालेपछि त्रिभुवन विमानस्थलमा उडान र अवतरण शुरु


१६ पुष २०७८, शुक्रबार
airport 2 scaled

काठमाडौं । बिहानभर लागेको बाक्लो हुस्सु हट्न थालेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान र अवतरण शुरु भएको छ । आज (शुक्रबार) बिहानैदेखि लागेको बाक्लो हुस्सु र कुहिरोका कारण भिजिविलिटी नपुगेर बन्द भएको विमानस्थल केहीबेर अघि खुलेको हो ।

विमानस्थल स्रोतका अनुसार आकाशमा घुम्दै गरेका जहाजलाई क्रमशः अवतरण गराउन थालिएको छ । यसक्रममा कतारको दोहाबाट काठमाडौं आएको हिमालय एयरलाइन्सको विमान अवतरण भइसकेको छ । यसअघि बिहानै आएका चारवटा जहाजलाई भने डाइभर्ट गरिएको छ । सिमराको आकाशमा तीन घण्टासम्म फन्को लगाउँदा समेत अवतरण गर्न नसकेपछि ती जहाजलाई अन्यत्रै डाइभर्ट गरिएको हो ।

तीन वटा जहाजलाई ढाका र अर्को जहाजलाई कोलकातामा डाइभर्ट गरिएको विमानस्थल कार्यालयले जनाएको छ । बिहानदेखि लागेको बाक्लो हुस्सु हट्न थालेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान र अवतरण शुरु भएको छ । बाक्लो हुस्सुका कारण भिजिबिलिटी कम हुँदा आज बिहानैदेखि उडान र अवतरण प्रभावित भएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७