विमानमा उडानकै क्रममा कोरोना पोजिटिभ भएपछि…


१६ पुष २०७८, शुक्रबार
eeeeeeeeeeeeeee1640936602

काठमाडौं । अमेरिकाको एक स्कुले शिक्षिकाले विमानमा उडानका क्रममै कोरोना पोजिटिभ भएको थाहा भएपछि उनले पाँच घण्टा विमानको शौचालयमा नै सेल्फ आइसोलेशनमा बिताएकी छन् । उनले आफ्नो इच्छामा नै यस्तो फैसला गरेका बताइन् ।

मारिसा फोशियोले बताए अनुसार २० डिसेम्बरमा उनले शिकागोबाट आइसल्याण्डको फ्लाइटका बीचमा घाँटीमा पीडा महसुस भएको थियो । उनीसँग र्‍यापिड टेस्ट कीट थियो र तत्कालनै उनले जाँच गरिन् । त्यस क्रममा उनको कोरोना पोजिटिभ आयो ।

उनले आफूलाई आइसोलेसनमा राख्ने निणर्य गरिन् र बचेको यात्रा शौचालयमा बसेर पूरा गरिन् । यस बीचमा उनले फ्लाइट अटेन्डेन्टले खाना र ड्रिङ्क्स दिइन् । मारिसाले भनिन्, ‘त्यो पागल बनाउने खालको अनुभव थियो । फ्लाइटमा १५० मानिस थिए र मेरो सबैभन्दा ठूलो डर थियो कि अरु कसैलाई संक्रमण नहोस् ।’

मारिसाले आइसल्याण्डको विमानको शौचालयबाट एक टिकटक भिडियो पोस्ट गरेकी थिइन् । यस बीचमा उनले सहयोग गर्नका लागि एक फ्लाइट अटेन्डेन्टको सराहना गरेकी थिइन् । उनले एनबीसीसँग भनिन्, ‘उनीहरुले यसबारेमा पूरै ध्यान राखे । पाँच घण्टाको बीचमा मलाई आवश्यक चिजहरु सोधिरहेका थिए ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७