आलमको मुद्दा न्यायाधीशद्वय कार्की र ढुंगानाको इजलासमा


१६ पुष २०७८, शुक्रबार
alam 2

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई थुनामुक्त गराउन माग गरिएको बन्दी प्रत्यक्षीकरणको मुद्दा न्यायाधीशद्वय हरिकृष्ण कार्की र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासमा परेको छ । सर्वोच्च अदालतले शुक्रबार आलमको मुद्दामा सुनुवाइका लागि न्यायाधीशद्वय कार्की र ढुंगानाको संयुक्त इजलास तोकेको हो ।

आलमलाई ०६४ चैत २७ मा भएको संविधानसभा निर्वाचनका क्रममा बम विस्फोट हुँदा घाइतेलाई इँटाभट्टामा जलाएर मारेको अभियोग लागेको छ । उनीमाथि विस्फोटक पदार्थ बमसमेतको प्रयोग गरी ज्यान मार्ने उद्योगसमेतमा मुद्दा चलिरहेको छ ।

आलमलाई जिल्ला अदालत रौतहटले पुर्पक्षका लागि थुनामा पठाएको थियो। जिल्लाको आदेशलाई उच्च अदालत जनकपुरको वीरगन्ज इजलासले समेत सदर गरिदिएको थियो । त्यसपछि आलम थुनामुक्त गराउन माग राख्दै सर्वोच्च पुगेका हुन् । यसअघि आलमको मुद्दामा पटक पटक पेसी चढे पनि सुनुवाइ रोकिँदै आएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७