ओलीले एमालेमा केन्द्रीय सदस्य नदिएपछि धर्मराज निरौला एकीकृत समाजवादीतिर


१६ पुष २०७८, शुक्रबार
Dharma raj niraula 2Oo871nPwK

काठमाडौं । नेकपा एमालेको दशौं महाधिवेशनमा केन्द्रीय सदस्य हुन नपाएपछि सुनसरीका नेता धर्मराज निरौला नेकपा एकीकृत समाजवादीमा जाने भएका छन् ।

एमालेमा केन्द्रीय सदस्य नपाएका उनलाई समाजवादीले पोलिटब्युरो सदस्य बनाउने भएको छ । संविधानसभा सदस्य निरौला नेकपा एमालेको नवौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य र सुनसरी जिल्ला इन्चार्ज पनि थिए । निरौलाले हालसम्म प्राप्त उपलब्धिलाई केपी ओलीले निजी कम्पनीमा रुपान्तरण गरि नेपालको कम्युनिष्ट आन्दोलनलाई दक्षिणपन्थी भासमा लगेकाले विद्रोह गरेको बताए । निरौलाले सुनसरीमा एमालेका सयौँ नेता कार्यकर्ता विद्रोह गरेर नेकपा एसमा समाहित भएको बताएका छन् ।

रामधुनी नगरपालिकाको झुम्का घर भएका नेता निरौलासँगै एमालेका विभिन्न कमिटीमा जिम्मेवारी निर्वाह गरेका नेता कार्यकर्ताहरु नेकपा एसमा प्रवेश गरेका छन् । नेकपा एस सुनसरीले फेसबुक पेजमा नेता निरौलालाई पार्टीको पोलिटब्युरो सदस्य बनाइएको जानकारी बिहीबार दिएको थियो । समाजवादी सुनसरीका अध्यक्ष गोविन्द निरौलाले एमालेबाट आएका अन्य नेता कार्यकर्ताहरुको नाम पदसहितको जिम्मेवारी यही महिनाभित्र सार्वजनिक गर्ने बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७