दस्तावेजमा कालापानीको विषय समेट्ने प्रचण्डको प्रतिबद्धता


१६ पुष २०७८, शुक्रबार

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतद्वारा अतिक्रमित नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुराबारे आफ्नो राजनीतिक दस्तावेजमा समेट्ने प्रतिबद्धता जनाएका छन् ।

प्रतिनिधिहरूले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर जारी गरिएको नक्साको स्वामित्व केपी ओलीलाई नदिएर माओवादीले लिनुपर्ने र सीमा विवादको विषय दस्तावेजमा समेट्नुपर्ने माग गरेका बेला अध्यक्ष प्रचण्डले दस्तावेजमा समेट्ने प्रतिबद्धता जनाएका हुन् । प्रचण्डले भने, ‘लिपुलेक र नक्साको बारेमा जुन ठाउँमा बोल्नुपर्छ, बोल्छु । अनि दस्ताबेजमा लेख्छु ।’

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७