हाम्रो उद्देश्य चुनाव भन्दा पनि जनतासम्म जानु हो : माधव नेपाल


१६ पुष २०७८, शुक्रबार
madhav kumar

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो राजनीतिक यात्रा जनतादेखि जनतासम्म नै भएको बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जागरण परिषद् नेपाल एकता घोषणा कार्यक्रममा अध्यक्ष नेपालले जनताको कल्याणका लागि सुकुम्वासीको समस्या, समावेशिताको राजनीति, समाजवादको यात्रालगायत धेरै लोकप्रिय कार्यक्रमहरु अघि सारेको बताए ।

उनले आफ्नो पार्टीको लक्ष्य चुनावदेखि चुनावसम्म नभएर जनतादेखि जनतासम्म भएको स्पष्ट पारे । अध्यक्ष नेपालले आफ्नो पार्टीले अन्याय, अत्याचार, शोषण तथा विभेदविरुद्ध अनेकौं आन्दोलन, मजदुर, किसान, श्रमजीविको हकहितको बारेमा विभिन्न कार्यक्रम गरिरहेको पनि बताए ।

अध्यक्ष नेपालले नयाँ पुस्ता, पुरानो पुस्ता, आम जनता, मजदुर, किसान, निम्न पूँजिपति वर्ग, मध्यम वर्गका मानिसले भोगिरहेका समस्याहरुलाई आफ्नो समस्याको रुपमा लिने गरेको बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७