चर्को आलोचनापछि प्रचण्डले भने-अब खुमलटारबाट डेरा सर्छु, गाउँ फर्किने सोच्दैछु


१६ पुष २०७८, शुक्रबार
Prachanda 6

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिले बसिरहेको खुमलटार निवास छाड्ने बताएका छन् ।
काठमाडौंमा जारी आठौं महाधिवेशनमा सोमबार प्रस्तुत राजनीतिक प्रतिवेदनमाथि उठेका प्रश्नहरुको जवाफ दिने क्रममा यस्तो बताएका हुन् ।

‘निकै आलोचना भयो, अब गाउँ जाने सोचिरहेको छु’, उनले भने, ‘निणर्य नै त गरिसकेको छैन । तर खुमलटार छाडेर गाउँ जाने कुरा सोचिरहेको छु ।’

माओवादीका महाधिवेशन प्रतिनिधिहरुले प्रचण्ड महँगो घरमा बसेको भन्दै आलोचना गरेका थिए । कार्यकर्तालाई साधारण जीवन बिताउनुपर्छ भनिरहँदा आफ्नो जीवन शैली र बसाइलाई लिएर प्रतिनिधिहरुले आलोचना गरेपछि प्रचण्डले खुमलटारबाट डेरा सर्ने बताएका हुन् । ‘डेरा सर्नेबारे सोचिरहेको छु’, उनले भने, ‘कार्यकर्ताको भावनाको पनि सम्मान गर्छु ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७