ग्लोबल आईएमई बैंकको आह्वानमा ४१६ जनाले गरे रक्तदान


१६ पुष २०७८, शुक्रबार
raktadan n0ymOm8Y0O

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १५औं वार्षिकोत्सवको उपलक्ष्यमा देशव्यापी रुपमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रमअन्तर्गत देशभर आयोजित कार्यक्रममा ४१६ रक्तदाताहरुबाट १८७ लिटर रगत दान गरिएको छ ।

प्रदेश-१ को तिनपैनी शाखा, विराटनगर, मोरङ, प्रदेश २ को लाहान शाखा, सिराहा, वाग्मती प्रदेशको कान्तिपथ शाखा, काठमाडौं, गण्डकी प्रदेशको न्युरोड शाखा, पोखरा, कास्की, लुम्बिनी प्रदेशको मिलनचोक शाखा, बुटवल, रुपन्देही, कर्णाली प्रदेशको विरेन्द्रचोक शाखा, सुर्खेत र सुदूरपश्चिम प्रदेशको प्रदेश कार्यालय, चटकपुर, धनगढीमा पुस १६ गते रक्तदान कार्यक्रम आयोजना गरिएको बैंकले जनाएको छ ।

यसअघि बैंकले महिलालाई आर्थिकरूपमा सशक्त बनाउने उद्देश्यका साथ देशव्यापी मेरी उनीलाई स्वस्थ नारी पहल निःशुल्क महिला स्वास्थ्य शिविर पनि सञ्चालन गरेको थियो । बैंकको १५औँ वार्षिकोत्सवको अवसरमा बैंकले डिजिटल बैंकिङसम्बन्धी साक्षरता कार्यक्रम, निशुल्क स्वास्थ्य शिविर, खेलकुद तथा अन्य सामाजिक कार्यक्रमहरुको आयोजना गरिरहेको छ । ग्लोबल आईएमई बैंक यही पुस १८ गते आइतबारदेखि स्थापनाको १५ वर्ष पुरा गरी १६औँ वर्षमा प्रवेश गर्दैछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७