कोठामा कोइला बालेर सुतेका श्रीमानको मृत्यु, श्रीमतीको उपचार हुँदै


१७ पुष २०७८, शनिबार
death

दाङ । दाङमा कोईला बालेर सुतेका एक व्यक्तिको मृत्यु भएको छ । झ्याल ढोका थुनेर कोईला वाली सुतेका प्यूठान घर भई हाल लमही नगरपालिका-९ अमिलिया बस्दै आएका २९ बर्षीय कुसुम सुनारको मृत्यु भएको प्रहरीले जनाएको छ ।

शुक्रबार राति श्रीमान-श्रीमती कोईला बालेर सुतेकामा विहान ४ बजेतिर उठ्ने बेलामा कुसुमको मृत्यु भइसकेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक राजन पौडेलले बताए । उनका अनुसार श्रीमतीको पनि रक्तचाप कम भइसकेको अवस्थामा उपचारका लागि अस्पताल लगिएको छ । अहिले उनको अबस्था सामान्य छ ।

मृतक श्रीमानको शव भने घरभित्रै रहेको छ । प्यूठानबाट घर परिवार आएपछि मात्रै शव परीक्षणका लागि लमही अस्पताल लगिने प्रहरी निरीक्षक पौडेलले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७