नयाँ नेतृत्व चयनका लागि चुनावमै मोडियो माओवादी, १,७४२ मतदाताको नामावली टाँसियो

सहमति नभए निर्वाचनबाटै नेतृत्व चयन हुन्छ : प्रचण्ड


१७ पुष २०७८, शनिबार
3 0112022112555 1000x0 1

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को नयाँ नेतृत्वका लागि निर्वाचन प्रक्रिया शुरु भएको छ । आठौं राष्ट्रिय महाधिवेशनअन्तर्गत शनिबारको बन्द सत्रबाट विधान मस्यौदा पारित भएसँगै माओवादी केन्द्रको निर्वाचन प्रक्रिया शुरु भएको हो । निर्वाचन समितिले महाधिवेशनस्थल प्रज्ञा भवनमा १,७४२ जनाको नामावली टाँसेको छ ।

माओवादीको विधानअनुसार महाधिवेशन प्रतिनिधिहरुले २९९ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्नेछ । उक्त निर्वाचित कमिटीले अध्यक्षसहित १५ सदस्यीय पदाधिकारी निर्वाचित गर्नेछ ।

यद्यपि माओवादी शीर्ष नेताहरु केन्द्रीय कमिटी सदस्यमा सहमति जुटाउन छलफलमा छन् । दुई घण्टा समय लिएर सहमति जुटाउने प्रयास गरिएको छ । सहमति नभएमा मतदानमा जाने अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बन्द सत्रमा बताइसकेका छन् । शनिबार विधान पारितपछि बसेको बन्द सत्रलाई सम्बोधन गर्दै प्रचण्डले सहमतिका लागि अधिकतम प्रयास गर्ने पनि वताएको प्रतिनिधि युवराज चौलागाईंले जानकारी दिए ।

‘हामीले संविधानको भावना मर्म र पार्टी विधानको मर्म र भावनालाइ समेटेर केन्द्रिय समितिको संख्याहरुमध्ये ५० प्रतिशत खुला र ५० प्रतिशत समावेशी गर्नेगरी निणर्य गरेका छौं’, प्रचण्डले बैठकमा भने, ‘हामी आयोजक समिति बसेर ५ बजेसम्म यसको गृहकार्य गर्छौं । त्यसपछि पनि सहमति भएन भने जनवादको प्रक्रिया अगाडि बढाउँला ।’ प्रचण्डले सहमतिका लागि अधिकतम मिहिनेत गर्ने बताए । हाम्रो कोशिस अधिकतम रुपमा सहमति कायम गर्ने नै हुन्छ । सहमति नभए अर्को प्रक्रिया हुन्छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७