नेपाललाई अखडा बनाई चीनसँग लड्न अमेरिकाले एमसीसी पारित गराउन खोज्यो : सीपी गजुरेल


१८ पुष २०७८, आईतवार
cp gajurel 1

काठमाडौं । देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सीपी गजुरेलले एमसीसी संसदमा पुगेपछि पारित हुने सम्भावना रहेकाले संसदमै लैजान दिनु नहुने बताएका छन् ।

आईतबार माईतीघर मण्डलामा आयोजित बिरोध प्रदर्शनमा अध्यक्ष गजुरेलले एमसीसी संसदमै लैजान दिनु नहुने बताएका छन् । उनले अमेरिकाले एमसीसी सम्झौतामार्फत् दिने भनिएको रकम भन्दाबढी रकम एनसीएलको कर उठाउँदा जम्मा हुने भन्दै रकम भन्दा पनि परिणाम घातक रहेको उल्लेख गरे। अध्यक्ष गजुरेलले अमेरिका नेपालमा आइसकेपछि पछि नहट्ने र रणनीतिक महत्वका ठाउँहरुमा आफ्नो अखडा खडा गर्ने भएकोले एमसीसी पास गर्नु नहुने बताए ।

अध्यक्ष गजुरेलले चीनसँग लड्नका लागि अमेरिकाले नेपाललाई अखडा बनाउन एमसीसी सम्झौंताका लागि दवाव दिएकाले आफूहरुले विरोध गर्नु परेको बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७