माओवादीका केन्द्रीय सदस्यले लिए शपथ

नव निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक शुरु


१९ पुष २०७८, सोमबार
maobadi

काठमाडौं । नेकपा माओवादी केन्द्रका नव निर्वाचित केन्द्रीय सदस्यहरूले शपथ ग्रहण गरेका छन् । ललितपुरको सानेपा हाइटस्थित हेरिटेज प्लाजामा बसेको केन्द्रीय समितिको पहिलो बैठकमा नवनिर्वाचित सदस्य र आयोगका पदाधिकारीले शपथ ग्रहण गरेका हुन् ।

माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनले २३७ केन्द्रीय सदस्यको नाम पारित गरेको थियो । उनीहरूलाई निर्वाचन आयोगका संयोजक विष्णुपुकार श्रेष्ठले शपथ गराएका हुन् ।

नव निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक शुरु
नेकपा माओवादी केन्द्रको नव निर्वाचित केन्द्रीय कमिटीको बैठक शुरु भएको छ । केही बेरअघि नव निर्वाचित केन्द्रीय कमिटीका सदस्यहरूको शपथ ग्रहण सम्पन्न भएसँगै केन्द्रीय कमिटीको पहिलो बैठक बसेको हो ।

बैठकको शुरुवातमा जनयुद्ध, जनआन्दोलन लगायत विभिन्न आन्दोलनमा शहादत प्राप्त गरेका सहिदप्रति सम्मान गर्दै एक मिनेट मौन धारण गरिएको थियो । बैठकमा माओवादी केन्द्रको केन्द्रीय कमिटीको पदाधिकारी निर्वाचनबारे छलफल गर्ने र राष्ट्रियसभा निर्वाचनमा उम्मेदवारी दिनका लागि केही नेताको नाम समानुपातिक तर्फको बन्द सत्रबाट हटाउने विषयमा छलफल गर्ने र आवश्यक निणर्य गर्ने एजेण्डा छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७