उत्तराखण्डका गभर्नरको कालापानी भ्रमण नेपालको सार्वभौमिकतामाथि चुनौति : नेता केसी


१९ पुष २०७८, सोमबार
chitra bahadur kc
फाइल फोटो

काठमाडौं । राष्ट्रिय जनमोर्चाले नेपालको अनुमति बिना दार्चुलाको कालापानी क्षेत्रमा भारतको उत्तराखण्डका गभर्नरले भ्रमण गरेको भन्दै आपत्ति जनाएको छ ।

आज (सोमबार) विज्ञप्ति जारी गर्दै अध्यक्ष चित्रबहादुर केसीले उत्तराखण्ड राज्यका राज्यपाल (गभर्नर) कालापानी क्षेत्रमा पर्ने नाभी, कुटी, गुञ्जीको भ्रमण गरेको समाचारप्रति गम्भीर आपत्ति प्रकट गरेका छन् । सो घटनाले नेपालको सार्वभौमिकतामाथि भारतले ठाडै चुनौति दिएको भन्दै अध्यक्ष केसीले घटनाबारे सत्यतथ्य बाहिर ल्याउन र आफ्नो धारणा स्पष्ट पार्न पनि सरकारसँग माग गरेका छन् ।

‘कालापानी क्षेत्रका उक्त गाउँहरु नेपालको सार्वभौमिकताभित्र पर्दछन् । नेपालको अनुमति विना त्यसप्रकारको भ्रमणले नेपालको सार्वभौमिकता तथा अखण्डतालाई भारतले ठाडै चुनौति दिएको छ’ केसीले भनेका छन्, ‘ त्यसबारे नेपाल सरकार अहिलेसम्म मौन रहेकोमा उक्त घटनाको सत्यतथ्य बाहिर ल्याउन र त्यसबारे आफ्नो धारणा सार्वजनिक गर्न माग गर्दछौं ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७