रोग प्रतिरोधी क्षमता कम भएकालाई अतिरिक्त डोज खोप दिइँदै


१९ पुष २०७८, सोमबार
korona khop
फाइल फोटो

काठमाडौं । सरकारले कोरोनाविरुद्धको खोपको पूर्ण मात्रा लगाएर ३ महिना पुगेका व्यक्तिहरुलाई थप अतिरिक्त मात्रा खोप लगाउने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मध्यम तथा गम्भीर रुपमा रोग प्रतिरोेधात्मक क्षमता कम भएका, सक्रिय क्यान्सर रोगीहरु, अङ्ग प्रत्यारोपण गरेका, एचआईभी भएका, उपचारको क्रममा रोग प्रतिरोधात्मक क्षमता कम गराउने औषधिहरु सेवन गरिरहेकाहरुलाई अतिरिक्त मात्रा खोप दिन लागिएको हो ।

साथै भेरोसेल वा सिनोफार्म खोप लगाएका ६० वर्ष माथिकाले पनि नजिकैको स्वास्थ्य चौकीमा गएर खोपको थप मात्रा लिन सक्ने मन्त्रालयले जनाएको छ । यो बुस्टर डोज नभई कमजोर रोग प्रतिरक्षा प्रणाली भएका व्यक्तिहरुलाई दिइने थप एक अतिरिक्त मात्रा रहेको मन्त्रालयले जनाएको छ । यो मात्रा भोलिदेखि नै लगाउन पाइने मन्त्रालयको भनाइ छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७