बिहानैबाट कुहिरो, सतर्क रहन मौसमविदको आग्रह


२० पुष २०७८, मंगलवार
kathamandu

काठमाडौं । अहिले देशभर मौसम सामान्यतया सफा छ भने तराईका धेरैजसो स्थानमा हुस्सु/कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज (मंगलबार) बिहान ६ बजे महाशाखाले २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गरी बिहानको समय काठमाडौं उपत्यकालगायत तराई क्षेत्रमा बाक्लो हुस्सु/कुहिरो लाग्ने सम्भावना रहेकाले चिसोबाट ज्यान जोगाउन सुझाव दिएको छ ।

‘बिहानको समयमा उपत्यकालगायत तराईका जिल्लाहरूमा बाक्लो हुस्सु/कुहिरो लाग्ने सम्भावना रहेकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ’, चेतावनीमा भनिएको छ । सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा आज (मंगलबार) हल्का हिमपातको सम्भावना रहेको छ ।

सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागहरुमा आंशिक बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज काठमाडौंमा बिहान कुहिरो लागेको छ । बिहान ६ बजे चार हजार भिजिविलिटी रहेको छ । २५ सयभन्दा कम भिजिबिलिटी भयो भने जहाज उडान तथा अवतरणमा अवरोध हुने सम्भावना हुन्छ । काठमाडौंमा आज बिहान ५ डिग्री सेल्सियस तापक्रम रहेको छ । बिहान ६ बजे ५ डिग्री सेल्सियस तापक्रम मापन गरिएको र दिउँसो १६ देखि १८ डिग्रीसम्म पुग्ने मौसमविद् बरुण पौडेलले जानकारी दिए । उनका अनुसार काठमाडौंको मौसम आज बदली हुनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७